१५ जेष्ठ २०७५, मंगलवार
  • राजकमल सिंह

जनकपुुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा जग्गा सम्वन्धी विवाद हुुदाँ तीन जना गम्भिर घाइते भएका छन् ।

घाईते मध्ये एक जनाको चिन्ताजनक अबस्था रहेको छ । नापाको वडा नम्वर ८ दिगम्वरपुुर बस्ने महावीर साह र उनका छोराहरु सुनिल साह र विनोद साहले आफ्नै छिमेकी सत्यनारायण महतोलाई कोदालोले हान्दा उनको टाउको काटिएको तथा शरीरको अन्य भागमा समेत अंगभंग भएको छ । उनको उपचार जनकपुुर अञ्चल अस्पतालमा भई रहेको छ । धरिलो हतियार कोदालोको प्रहारबाट देव नारायण महतोको आंखा तथा गाला काटिएको छ ।

उदय महतोको टाउको फुटेर गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सत्यनारायण महतोको जग्गा महावीरले चापेको र त्यसलाई ठिक गर्नकालागि भन्दा उल्टै साहले ज्यान मार्ने धम्की दिदै आएको कारण पीडितले जिल्ला प्रहरी कार्यालय धनुुषामा समेत शान्ति सुरक्षाकोलागि निवेदन दिएको पीडितले वताए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश कुुमार सिंहले जग्गा सम्वन्धी विवादमा घाइते भएको वताए । उनले महावीर साहले आफ्ना छोराहरुलाई कुुटनकोलागि भनेपछि छोराहरुले कुुटेको जानकारी दिए । उनले आफुहरुले महावीरको घरमा उनीहरुलाई खोज्न जाँदा उनीहरु फरार रहेको जानकारी दिए । तर, पीडितले भने प्रहरी निरीक्षक सिंहकै मिलिमतोमा यो घट्ना भएके गुुनासो गरेका छन् ।

सिंहलाई पीडितले पटक पटक प्रहरी निरीक्षक सिंहलाई समस्या समाधान गर्नकालागि भनेपनि उनले कुुनै सुुनुुवाई नगरेको पीडितले वताए । पीडितले प्रहरी निरीक्षक सिंहकै इसारामा कुुटाकुुट भएको आरोप समेत लगाए । सरुवा भए लगतै सिंहले आफुहरुमाथी आक्रमण गराएकाले घट्नाको अनुसन्धान गरि आक्रमण गर्ने र दोषी प्रहरीलाई कडा कारवाही गर्नु पर्ने स्थानीयले मांग गरेका छ्न् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV