१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालको पहिलो इ–पेमेन्ट कम्पनी ई–सेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

सम्झौताअनुसार मल्लले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ई–सेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन् । एक वर्षका लागि भएको सम्झौतामा ई–सेवाले मल्ललाई मासिक निश्चित रकम उपलब्ध गराउनेछ । सम्झौतापछि क्रिकेटर मल्लले क्रिकेट खेलेरै जीविकोपार्जन गर्न नसकिरहको अहिलेको परिप्रेक्षमा यसले ठूलो सहयोग र हौसला मिलेको प्रतिक्रिया दिएका थिए । झण्डै एक दशक यता नेपाली टोलीको उपकप्तान रहँदै आएका ज्ञानेन्द्रले घरेलु क्रिकेटमा एपीएफबाट खेल्दै आएका थिए । त्यसअघि उनले क्षेत्र नम्बर ३ काठमाडौंबाट खेलिसकेका छन् ।

ई–सेवाले मल्ललाई आफ्नो दोस्रो र खेलकुदमा पहिलो ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । यस्तै इसेवाले नेपाली क्रिकेट टिमले खेल्ने प्रतियोगिता, घरेलु प्रतियोगिताहङ्गरा टिकेटिङ पार्टनरको रुपमा सहयोग गर्दै आएको छ । यस्तै वर्ल्ड क्रिकेट लिगअन्तर्गत नेपाल र नामिबिया तथा नेपाल र केन्याबीचको खेलको टिकट बिक्री र व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV