१४ जेष्ठ २०७५, सोमबार

जनकपुरधाम । क्षिरेश्वरनाथ नगरपालिकामा जग्गा सम्बन्धी विवाद हुदाँ दुई जना घाइते भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

नापाको वडा नम्वर ८ दिगम्वरपुुर बस्ने महावीर साह र उनका छोराहरु सुनिल साह र विनोद साहले आफ्नै छिमेकी सत्यनारायण महतोलाई कोदालोले हान्दा उनको टाउको फुटाएको तथा शरीरको अन्य भागमा समेत अंगभंग भएको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भई रहेको छ । त्यस्तै उनीसँगै देव नारायण महतो र उदय महतो समेत घाइते भएका छन् । उनीहरुको पनि शरीरको विभिन्न भागमा गम्भीर चोट पटक लागेको छ ।

गम्भीर घाइते भएका सत्यनारायण महतोको जग्गा महावीरले मिचेको र त्यसलाई ठिक गर्नका लागि भन्दै उल्टै साहले धम्की दिने गरेका कारण पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा समेत शान्ति सुरक्षाकोलागि निवेदन दिएको पीडितले बताएका छन् ।

यता, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश कुुमार सिंहले जग्गा सम्वन्धी विवादमा कुटाकुट हुुँदा घाइते भएको बताए । उनले महावीर साहले आफ्ना छोराहरुलाई कुटनको लागि भनेपछि छोराहरुले कुटेको जानकारी गराएका छन् । उनले आफुहरुले महावीरको घरमा उनीहरुलाई खोज्न जाँदा उनीहरु फरार रहेको जानकारी दिए ।

तर, पीडितले भने प्रहरी निरीक्षक सिंहकै मिलेमतोमा हाताहात भएको गुनासो गरेका छन् । पीडितले पटक पटक प्रहरी निरीक्षक सिंहलाई समस्या समाधान गर्नका लागि भनेपनि उनले कुनै सुनुवाई नगरेको पीडितले बताए । पीडितले प्रहरी निरीक्षक सिंहकै इसारामा कुुटाकुुट भएको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV