१४ जेष्ठ २०७५, सोमबार

काठमाडौं । होटलमा काम गर्ने मजदुरको आम्दानी बढ्ने भएको छ । ग्राहकबाट उठाउँदै आएको सेवा शुल्को ७१ प्रतिशत रकम श्रमिकलाई नै दिनु पर्ने भएको हो ।

होटल, रेष्टुरेन्ट आदिबाट उठाउँदै आएको सेवा शुल्ककाको रकमलाई मासिक रुपमा शत प्रतिशत मानेर श्रमिकलाई ७१ प्रतिशत भुक्तानी गर्नुपर्ने भएको छ ।

सोमबार श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको श्रम नियमावलीमा सेवा शुल्कको ७१ प्रतिशत रकम कामदारलाई दिनुपर्ने व्यवस्था गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV