१४ जेष्ठ २०७५, सोमबार

काठमाडौं । मन्त्रिपरिषद बैठकले श्रम नियमावली २०७५ पारित गरेको छ । सरकारले २ महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको श्रम नियमावली २०७५ लाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।


यो नियमावलीमा रोजगारदाता कम्पनीले कामदारको तलब बैंकमार्फत अनिवार्य भुक्तानी गर्नुपर्ने व्यवस्था छ । साथै घरेलु कामदारलाई वर्षमा १२ दिन पारिश्रमिकसहित बिदा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

यस अनुमोदित नियमावलीमा कामदारलाई सामाजिक सुरक्षा कोषमार्फत स्वास्थ्य, बिमा, सञ्चय कोष लगायतका सुविधा उपलब्ध गराउँदै जाने विषयलाई समेटिनुका साथै व्यवसायजन्य सुरक्षा, स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकार, कल्याणकारी कोष सञ्चालन लगाएतका ८८ वटा बुदाँ नियमावलीमा समेटिएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टका अनुसार श्रमिकलाई नियमावलीमार्फत सम्बोधन गरेको बताएका छन् ।

Sram Niyamawali1

प्रतिक्रिया दिनुहोस्

LIVE TV