१४ जेष्ठ २०७५, सोमबार
  • बिनय तिम्सीना,

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले सालकको खबटासहित दुइजनालाई पक्राउ गरेको छ । आइतबार देउमाई नगरपालिका ४ स्थित मंगलबारेबाट इलामतर्फ आई रहेको मे.९ प.२९०९ नं.को मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाईकल सवारको झोलाबाट दुर्लभ सालकको खपटा बरामद गरिएको हो ।

देउमाई नगरपालिका ४ बस्ने बर्ष २८ को संतोश मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान १५ तुलसीपथ अस्थायी बसोबास गर्ने बर्ष ५० कि फुर्वु भोटेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथमा अबैध रुपमा ल्याएको लोपउन्मुख सालकको खपेटा ४ के.जी. २०० ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV