१४ जेष्ठ २०७५, सोमबार

काठमाडौं । अभिनय हुँदै फिल्म निर्माणमा लागेकी रेखा थापा यतीखेर जाजरकोट पुगेकी छिन्। पछिल्लो समय नायिका रेखा थापा अभिनय सँगै निर्माणमा जम्न थालेकी छिन् । फिल्म मालिकालाई सुहाउने परीबेशको कारण उनी शुटींग युनिटका साथ जाजरकोट पुगेकी हुन् ।

फिल्ममा चौध वर्षिया कमला ओली मुख्य भूमिकामा रहेकी छिन् । हाल जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भैरहेको छ । जाजरकोटको स्थानीय चालचलन र संस्कृति झल्किने मेलाको दृश्य कथामा आबश्यक भएको कारण उक्त ऐतिहासीक क्षेत्रमा गीतको छायाँकन भैइरहेको रेखाले बताईन् ।

फिल्मको लागि जम्मा चालिस दिनको सुटिङ सेड्यूल रहेकोमा ३० दिनमा सकाउने योजनाको साथ हाल छायांकन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV