१४ जेष्ठ २०७५, सोमबार

काठमाडाैँ । मानिसहरूलार्इ सधैँ खुसी राख्ने र मुड फ्रेस बनाउने हार्माेनकाे नाम हाे सेराेटाेनीन हार्माेन । याे हार्माेनकाे सक्रियता बढाउनका लागि हामिले खानेकुरामा विशेष ध्यान दिनु पर्दछ ।

तपार्इकाे मुड ठिक छैन् वा मुड फ्रेस बनाउन चाहानुहुन्छ भने खानुहाेस् यस्ता खानेकुरा

अण्डा : भिटामिन र प्रोटीन युक्त अण्डाले हामीलाई मानसिक रुपमा स्वस्थ रहन मदत गर्दछ ।

रातो डल्ले खुर्सानी : यसमा भिटामिन सी र भिटामिन ए हुन्छ । जसले हाम्रो मुड फ्रेस बनाउछ र खुसी दिन्छ ।

नरिवल : यसले शरीर, दिमागलाई खुसी, फूर्तिलो रतन्दुरुस्त बनाउँछ ।

पालुंगो साग : यसमा हुने आइरनले थकान र कमजोर महसुस हुन दिदैन । यसले डिप्रेसन र तनावबाट पनि मुक्त गराउँछ ।

मह : यसले दिमागलाई स्वस्थ राख्छ साथै डिप्रेसनबाट पनि बचाउँछ । यसले स्वस्थ र तन्दुरुस्त राख्छ ।

सिमि : यसमा भएको विभिन्न् प्रकारको तत्व हुन्छ । यसले खुसी बनाउने हार्मोनलाई सक्रिय बनाउछ ।

केरा : यसमा हुने भिटामिन डी ले स्वस्थ, तन्दुरुस्त, फूर्तिलो राख्छ । यसैले दैनिक २ देखि ३ वटा केरा खानुहोस् ।

डार्क चकलेट : यसले हाम्रो शरीरको ईनर्जी बुस्ट गर्दछ । यसले मुड फ्रेस बनाउनुका साथै खुसी बनाउछ । दिनमा १ पिस सेवन गर्नुहोस् ।

रातो मुला : यसले स्वस्थ र फूर्तिलो राख्छ भने गाँजर पनि मुड फ्रेस बनाउन उत्तिकै लाभदायि मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV