१४ जेष्ठ २०७५, सोमबार

काठमाडौं । काठमाडौबाट एक किलो सुन साथै ११ लाख रुपैयाँ लुटेको आरोपमा सशस्त्र प्रहरीका असई विशाल खड्का पक्राउ परेका छन् । खड्का सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् थिए । उनलाई काठमाडौं प्रहरी परिसरले आईतबार लुटपाटमा संलग्न भएको भन्दै हिजो आइतबार पक्राउ गरेको हो ।

अभियुक्त खड्काको समुहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको ८ सय ८३ १०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

खड्काको समुह मध्ये एक जनाले ती सुन ब्यावसायीलाई चिनेको र योजना बनाएरै व्यवसायीलाई लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरी परिस।ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV