१४ जेष्ठ २०७५, सोमबार

काठमाडौं । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको बिजेता बनेको छ ।

बिजेता भएसँगै चेन्नईले २० करोड भारु पुरस्कार पाएको छ । आइपिएलमा चेन्नईको यो तेस्रो जित हो । चन्नईको तेस्रो जितमा शेन वाट्सनको महत्वपुर्ण योगदान रह्यो । उनको शतकले मद्दतमा खेलको नतिजा आफ्नो पक्ष्मा पार्न सफल भयो ।

महेन्द्रसिंह धोनीको कप्तानीमा आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले हैदरावादलाई १७८ रनमा रोक्न सफल भए। जवाफी व्याटिङ्गमा आएको चेन्नईले शेन वाट्सनको ११७ रनको योगदानमा ९ बल अगावै २ विकेटको क्षतिमा १७९ रनको विजय लक्ष्य भेट्टायो। ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ चौका प्रहार गरे। आइपीएलको फाइनलमा कुनै खेलाडीले शतक प्रहार गरेको यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV