१३ जेष्ठ २०७५, आईतवार

हरिशजङ्ग क्षेत्री

काठमाण्डौ आयोजक एपीएफ क्लबले प्रथम एपीएफ अन्तर्राष्ट्रिय खुल्ला सोतो कराँते प्रतियोगितामा टिम च्याम्पियन हुँदै उपाधि जितेको छ । शनिवार अबेर राति सम्म भएको खेलमा एपीएफले ९ स्वर्ण, ४ रजत र ६ काँस्य हात पादै कुल १९ पदकका साथ टिम च्याम्पियन हुँदै उपाधि जितेको हो ।

नेपाल आर्मीले दोश्रो स्थान हात पार्दा ४ स्वर्ण,४ रजत र ५ काँस्य जित्न सफल भयो । तेश्रो स्थान हात पारेको प्रदेश १ ले २ स्वर्ण २ रजत र ५ काँस्य जितेको थियो । प्रतियोगितामा एपीएफका बिजय लामाले पुरुषतर्फको उत्कृष्ट खेलाडीको उपाधि जिते । उनले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । एपीएफकै सुजन श्रेष्ठले पुरुषतर्फको उदयमान खेलाडीको उपाधि हात पारे ।

उनले ५५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । महिलातर्फ प्रदेश ३ की एरिका गुरुङ उत्कृष्ट खेलाडी चुनिईन् । उनले ६८ केजी माथीको तौल समूहमा स्वर्ण जितेकी थिईन् । महिलातर्फ उदयमान खेलाडीको उपाधि एपीएफकी सपना लामाले जितिन् । उनले ६१ केजी तौल समूहमा स्वर्ण जितेकी थिईन् ।

चारै जना बेष्ट खेलाडीले समान १० हजार नगद प्राप्त गरे । शसस्त्र प्रहरी बल एपीएफ र नेश्नल सोतो कराँते डो एशोसियसनको आयोजनामा संचालन भएको प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, जापान र नेपालका सात प्रदेश तथा तीन बिभागीयका टोलीको सहभागिता थियो ।

महिलातर्फ ८ स्वर्ण तथा पुरुषतर्फ ९ स्वर्णका लागि भएको प्रतियोगितामा हरेक स्पर्धाका स्वर्ण बिजेताले नगद १० हजार, रजत बिजेताले ५ हजार र कास्य बिजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए

प्रतिक्रिया दिनुहोस्

LIVE TV