१३ जेष्ठ २०७५, आईतवार

. भगतराम चौधरी

बाँके । तेश्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता जेठ २१ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालगञ्ज ११, रुपन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपीएफ, संकटा क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ,भारतको पञ्जाब ११ र च्यासल फुटबल क्लब गरी ८ वटा टोली सहभागी हुनेछन् ।

बाँके जिल्ला फुटबल संघले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै खजूरा गाउँपालिका ४ डि गाउँमा रहेको नेपाल राष्ट्रिय आदर्श आधारभुत विद्यालयको खेल मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् ।

अनुमानित ७५ लाख राशीको लागतमा हुने प्रतियोगितामा प्रथम हुनेले ५ लाख, द्धीतिय हुनेले दुई लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् ।

त्यस्तै हरेक खेलका उत्कृष्ट खेलाडीलाई मोवाईल प्रदान गरिने भएको छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेण्डर, मिडफिल्डर, रक्षक र स्ट्राईकरलाई नगद १० हजार प्रदान गरिने भएको छ ।

प्रतियोगितामा सहभागी सबै खेलाडी, प्रशिक्षकको विमा समेत गरिने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा निर्माण कार्य चलिरहेकाले नेपालगञ्जमा प्रतियोगिता हुन नसकेपछि स्थगित भएको प्रतियोगिता खजूरामा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV