१३ जेष्ठ २०७५, आईतवार

मोरङ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीको मोरङ जिल्ला अदालतमा चार दिन पछि आज बयान सकिएको छ । शुक्रवार टुंग्याउने गरी अदालतको समय भन्दा एक घण्टा बढी ४ बजे सम्म बयान लिने कार्य गरिदापनि बयान नसकिए पछि आज आईतबारलाई सारीएको थियो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं. इजलाशमा बुधवार देखि सुरु भएको बयानका आधारमा प्रहरीले हालसम्म एक जनालाई पक्राउ गरेको छ । त्यस्तै गोरेमाथि लगाइएको अभियोगको प्रमाणका रुपमा प्रस्तुत गरिएको भिडियो आज अदालतमा देखाईएको थियो ।

उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV