१३ जेष्ठ २०७५, आईतवार
  • रिया भण्डारी

वर्तमान शहरिया जीवनशैली र सामाजिक संजाल को बढ्दो प्रयोगले अनिन्द्रा जटिल समस्या बन्दै गएको छ । प्रतिस्पर्धा,र इन्टरनेटको जमानाले हाम्रो निन्द्रा विथोलिएको छ । यहि अनिन्द्रा कै कारण मानब स्वास्थ्यमा अनेकौ रोगले आक्रमण गर्ने क्रम बढ्दो छ ।

अनिन्द्रले ग्रस्त मानिसहरु छिटो–छरितो समाधान खोजीरहेका छन् । त्यही कारण निन्द्रा लाग्ने औषधी अर्थात सिल्पिङ ट्याबलेट प्रयोग गर्ने क्रम बढ्दो छ । स्लिपिङ ट्याब्लेट ले तुरुन्तै निदाउन सजिलो त बनाउछ तर दिर्घकालिन असरमा कोमामा समेत पुर्याउछ । यो औषधिको अत्यधिक र गलत प्रयोगले मानिसलाई कोमामा र्पुयाउन वा मृत्यु पनि हुन सक्छ ।

न्युरो साइन्स जर्नलमा प्रकाशित अध्यन अनुसार अन्य व्यक्तिको तुलनामा निद्रा लगाउने स्लिपिङ ट्याब्लेट सेवन गर्नेहरूको कुनै पनि समय मृत्यु हुने खतरा ३६ प्रतिशत बढी हुन्छ । यसको साइडइफेक्ट डरलाग्दो हुने भएकोले पनि चिकित्सकले स्लीपिङ ट्याब्लेट प्रयोग गर्न सल्लाह दिँदैनन् । जब निद्रा नलाग्ने समस्याले गम्भीर रुप लिन्छ, त्यतिबेला मात्र यस्तो सल्लाह दिइन्छ ।

बिज्ञहरुका अनुसार वर्तमान निद्रा विकारको लागि जुन उपचार गरिन्छ त्यो आदर्श उपचार होइन । यसका धेरै अपरोक्ष प्रभाव (साइड इफेक्ट) हुने गर्छन् । लामो समय देखि स्लिपिङ ट्याब्लेटको सेवनले यसको बानी बस्छ र औषधि नखाइकन निद्रा लाग्दैन । यो औषधि झट्टै छोड्न पनि सकिदैन किनकि यसो गर्दा उल्टी हुने, बेचैनी र छटपटि हुने जस्ता थुप्रै समस्या पैदा हुन सक्छन् । चिकित्सकका अनुसार अधिक स्लिपिङ ट्याब्लेट सेवन गरेको खण्डमा हार्ट अट्याकको खतरा ५० प्रतिशतले बढ्छ । निद्राको औषधिमा रहने तत्व जोपिडेमलाई मुटुरोगको कारकतत्व मानिएको छ । तीन महिनाभन्दा बढि स्लीपिङ ट्याब्लेट सेवन गरियो भने दिमागसँग सम्बन्धित विभिन्न समस्याहरु आइपर्न सक्छन् ।

साथै राति सुत्दा स्लीपिङ ट्याब्लेट सेवन गरिएको छ भने दिउसो सवारी साधन वा कुनै मेसिन चलाउदा दुर्घटनाको खतरा बढ्छ किनकी स्लीपिङ ट्याब्लेटले शरीर पूर्ण सन्तुलनमा हुँदैन ।

अनिन्द्र को लागी औषधि सेवन गरेर तत्कालिन समाधान खोज्नु भन्दा चिकित्सकको परामर्श लिनु बुद्दीमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV