१३ जेष्ठ २०७५, आईतवार

काठमाडौं । पछिल्लो समय युवापुस्तामाझ रुचाइएका नायक अनमोल केसी अभिनेत्री झरना थापाको नयाँ प्रोजेक्ट ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका छन् । झरना अाफ्नाे उक्त  प्रोजेक्टमा अनमोललाई अभिनय गराउन लामै प्रतिक्षामा थिइन्, हालै अनमोल उनको फिल्ममा खेल्न तयार भएपछि उनलाई सो मौका जुरेको हो ।

प्रायः अनमोलले अभिनय गरेका फिल्महरुले बजारमा राम्रो छाप छाड्ने र आय आर्जन पनि मनग्ये गराउने हुँदा समय लिएर भए पनि आफ्नो फिल्ममा उनैलाई अभिनय गराउन चाहन्छन् निर्माता तथा निर्देशकहरु ।

अनमोल कुनै पनि फिल्ममा साइन गर्नासाथ त्यस फिल्मले चर्चा पाउन शुरु हुनुका साथै आम दर्शकमा जिज्ञासा हुन्छ कि उनले कति पारिश्ररिक लिए, उनको अपोजिटमा को नायिका होलिन् भन्ने ।

‘ए मेरो हजुर ३’ मा झरनापुत्री सुहानीn] नायिकाकाे राेल गर्ने पक्का भएको छ । त्यस्तै अनमोलले यस फिल्ममा ३० लाख पारिश्रमिक लिएको चर्चा समेत चलेको छ । यदि यसो हो भने अनमोल हालसम्मकै महंगा नायक बनेका छन् ।

हालै फिल्म ‘रोजी’को सुटिङमा व्यस्त नायक प्रदीप खड्काले उक्त फिल्मका लागि २५ लाख पारिश्रमिक लिएको खबर बाहिरिएको छ, यद्यपि उनले यसबारे मुख खोलेका भने छैनन् ।

अनमोल केसी र नायक प्रदीप खड्काको पारिश्रमिकको विषय निकै प्रतिस्पर्धात्मक देखिन्छ । नायक अनमोलले ‘कृ’मा खेलेबापत २० लाख लिएका थिए भने प्रदीपले ‘लिलिबिली’बाट २२ लाख लिई सबैभन्दा महंगा नायक बनेका थिए । तर पछिल्लो समय अनमोलले फिल्म ए मेरो हजुर ३ मा ३० लाख पारिश्रमिक लिएको खबरसँगै नायक अनमोल केसी हालका लागि सर्वाधिक महंगा नायक बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV