१३ जेष्ठ २०७५, आईतवार

काठमाडाैं । काेही मान्छे जतिसुकै राम्राे खाना खाँदा पनि नमाेटाउने, स्वस्थ नहुने, सधैँ दुःखी र निराश भइरहने हुन्छन् । यसाे हुनाका अन्य कारण पनि हाेलान् तर खाना खाँदा सन्तुष्ट मनले खाइएन र एक्लै बसेर खाने गरियाे भने मान्छे सधैँ दुःखी भइरहन्छ । याे कुरा हाम्रा पूर्वीय अाद्यात्मिक चिन्तकहरूले समेत बताउँदै अाएका छन् ।

यस्तै कुराबारे वैज्ञानिकहरूले समेत बेलाबेला अध्ययन गर्दै नयाँ तथ्य पहिल्याउने काेशिस गरिरहेका हुन्छन् । हालै ‘अक्सफोर्ड इकोनोमिक्स’ र ‘नेशनल सेन्टर फर सोसियल रिसर्च’ का अध्ययनकर्ताहरुले मानिसहरु किन दुःखी भइरहन्छन् र उनीहरूको जीवनमा कसरी सुधार ल्याउने भन्नेबारे एक संयुक्त अध्ययन गरेका छन् । करिब ८ हजार मानिसहरुमा गरेको उक्त अध्ययनपछि मानिस दुखी हुुनुका पछाडि अनुसन्धाताहरूले अचम्मका कारण फेला पारेका छन् ।

मानसिक रोगपछि मानिसहरु एक्लै बसेर खाँदा सबैभन्दा बढी दुखी हुने गरेकाे अनुसन्धानले देखाएको कुरा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । यस अनुसन्धानले पैसाको अभाव र शारीरिक असक्षमताका कारणले भन्दा मानिसहरु एक्लै बसेर खानुपर्दा धेरै दुखी हुने गरेको तथ्य सार्वजनिक गरेकाे छ ।

मानिसमा एक्लाेपन महसुस हुनाका निम्न कारण छन्:

  • कार्यव्यस्तता
  • पारिवारिक मनमुटाव
  • सामाजिक बेमेल
  • साथीभाइ वा सहकर्मीबीच बेमेल
  • तनाव, डिप्रेसन
  • मानसिक राेग

यी कारणले मानिसहरुमा बिस्तारै सामाजिक एक्लोपनाको भाव पैदा हुने गर्छ । यस्ता अनेक कारण हुन सक्छन्, जसले मान्छेलार्इ एक्लै बसेर खान मन पर्ने हुन्छ, तर यस बानीले उसलार्इ समाज वा परिवारमै झन झन एक्लाेपनकाे महसुस गराउन सक्छ । यसले मान्छेलार्इ अनायासमै दुःखी र निराश बनाउन सक्छ ।

अनुसन्धानले मान्छेका खुसी, सन्तुष्टि, आत्मविश्वास र सुखजस्ता पक्षलाई मापन गरेकाे थियाे । टेस्टमा संलग्न ८ हजार मानिसहरुले शून्यदेखि १०० सम्मको स्केलमा अाफ्ना फिलिङ्सहरू मापन गरेका थिए । अध्ययनमा एक्लै खानेहरुले आफूलाई केबल ७.९ अङ्क मात्र दिएका छन्, जुन औसतको तुलनामा अत्यन्तै कम रहेको बताइएको छ ।

तनावको शिकार भएका मानिसले भने आफूलाई ८.५ दिएका छन् । यस अाधारमा तनाव र अन्य शारीरिक समस्याले भन्दा पनि मान्छे एक्लै बसेर खानुपर्दा ज्यादा दुःखी हुने देखियाे । यसपछिका अन्य प्रमुख कारणहरुमा भने अनिद्रा, कामकाे बाेझ,  समयको दबाब अादि रहेकाे देखियाे, जसले मान्छेलार्इ दुखी बनाउँछ ।

प्रेमिल वातावरणले जस्ताेसुकै दुःख समेत मान्छेले भुल्छ, याे अाम स्वभाव हाे । यही कारण खानेबेलामा आफूसँग कोही उपस्थित रहँदा, रमाइलाे मुडमा खाँदा त्यसले एक प्रकारको सामाजिक कनेक्सन महसुस गराउने र व्यक्तिभित्रका फिलिङ्स तथा हर्माेनहरूले सकारात्मक काम गर्ने हुँदा मान्छे सुखी रहन्छ । त्यसैले अनुसन्धाताहरूले सधैँ नभ्याए पनि समय-समयमा परिवार वा साथीभाइसँग जमघट गर्ने र सँगै बसेर खाना खाने, रमाइलाे गर्ने सुझाव दिएका छन् ।

हालकाे परप्रेक्ष्यमा विश्वमा शहरी जीवन व्यतीत गर्ने मान्छेमध्ये प्रत्येक १० मा ६ जना एक्लै खाना खाने गरेका तथ्य समेत उक्त अनुसन्धानले देखाएकाे छ । (एजेन्सीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV