१३ जेष्ठ २०७५, आईतवार

तनहुँ । बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईक सवार दुई जनाको मृत्यु भएको छ । शनिबार पृथ्वी राजमार्गको तनहुँ खण्ड अन्तर्गत व्यास नगरपालिका १२ मा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा  दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा परि पर्सा सुगौलीका राज राय र धिरज चौधरीको मृत्यु भएको हो। सोही ठाउँका ठाउँका सञ्जय चौधरी र भोला चौधरी घाइते भएका छन्। घाइतेहरूको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ भने मृतकको शव दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए।

पोखराबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बससँग डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकल व्यास नगरपालिका १२ कमलबारी र देउराली बीचको मोडमा एक आपसमा ठोक्किएको थियो । प्रहरीका अनुसार उनीहरू एउटै मोटरसाइकलमा चार जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV