१३ जेष्ठ २०७५, आईतवार

काठमाडौं । सरकारले अत्यावश्यक खाद्य पहुँचमा वञ्चित गरी कसैलाई गम्भीर हानि पुर्याउने काम गरे १० बर्षसम्म कैदको व्यवस्थासहित नयाँ कानुन् प्रस्ताव गरेको छ । संवैधानिक प्रावधान अनुसारको खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयनमा सरकारले यस्तो प्रस्ताव गरेको खबर आजको गोरखापत्रमा छापिएको छ । ।

नेपाल कानुन् आयोगले तयार पारेको खाद्य अधिकारसम्बन्धी विधेयक विभागीय मन्त्रालयमा पठाईएको छ । प्रस्तावित विधेयक अनुसार खाद्यको पहुँचबाट वञ्चित गरी भोकमरीको स्थिति सिर्जना गरेमा कसुरदातालाई कैदसँगै पाँच लाख रुपैयाँ जरिवाना पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV