१२ जेष्ठ २०७५, शनिबार
  • राजु पौडेल,

झापा । झापाको बिर्तामोड—५ का सुरेन्द्र राजंवशीको हत्या प्रकरण अनुसन्धान नै नहुने परिस्थितीमा पुगेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिदापनि जाहेरी दर्ता गर्न नमानेपछि घटना अन्यौलमा परेको हो ।

गत फागुन ९ गते भारतको पश्चिम बंगाल स्थित चैनगरा भन्ने स्थानमा राजवंशीको गोलि हानी हत्या गरिएको थियो । प्रहरीले अनुसन्धाननै नगर्ने अनि किटानी जाहेरी दिएका व्यक्तिले धम्क्याईराखेपछि पीडित हामीकहाँ आएका हुन् ।

यसवारे सत्य तथ्य खोज्दा प्रहरी, पिडकको परिवार र दलाली बिच लाखांै रुपैयाँको ‘डिलिङ’ भइरहेको प्रमाण फेला परेको छ ।
प्रहरीले बिर्तामोडका टेकबहादुर लिम्बु लगायतका ब्यक्ति प्रयोग गरेर परिवारसँग पैसाको डिल गर्ने गरेको प्रमाण हामीले फेला पारेका छौं । अनुसन्धान अघि वढाउन मृतक श्रीलालका ज्वाँई सिरतलाल भनिने सुमन राजवंशी, जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरी असई अम्बिका पोखरेल र टेकराज लिम्बुबीच लाखौं रकमको डिल भएको हो ।

यस्तै, मृतक श्रीलाल र टेकबहादुरका साथी धैरज राजवंशीले समेत अनुसन्धान अघि बढाउन झापाका उच्च प्रहरी अधिकारीले अम्बिका मार्फत ५० लाख रुपैयाँ माग गरेको भन्दै मृतकका भाई मनोज राजवंशीलाई बारम्बार सम्पर्क गरेको पाइएको छ ।

मृतक दाजु श्रीलालले बैना रकम लिएको जग्गा आफूले भनेका ब्यक्तिको नाममा पास गर्दिन र अनुसन्धान अगाडि बढाउन असई अम्बिका पोखरेल र टेकबहादुर लिम्बुले पिडितसँग बार्गेनिङ गरेको पाइएको छ । लिम्बु र पोख्रेलले रकम पाए शंकास्पद ब्यक्तिहरुलाई युवती प्रयोग वा लागु औषधको प्रयोग गरि जेलमा सडाइदिने योजना बुनेका छन् । यसका लागि बिर्तामोडका डिएसपी कोइरालाको समेत सहयोग रहने समेत बताएका छन् ।

यस्तै, घटनाको अनुसन्धान गर्न भारतीय प्रहरीले समेत पैसा मागेको पीडितको भनाई छ । हत्याको २ महिना बित्दा पनि प्रहरीले जाहेरी समेत लिन नमानेको परिवारका सदस्यको भनाई छ । हत्यारालाई कार्वाहीको माग गर्दै उनिहरु अहिले गृह मंत्रालयसम्म पुगेपनि कुनै निकाय बाट प्रकृया अघि बढेको छैन ।

झापा बिर्तामोडका श्रीलाल माथि यस अघि २०६६ मंसिर ३० गते घरमै बसिरहेको अवस्थामा गोली प्रहार भएको भएपनि गोली कसले र किन हान्यो भन्ने पत्ता नलाग्दै उनको हत्या हुनु र हत्यापश्चात अनुसन्धान गर्ने निकायले अनुसन्धान अघि बढाउन लाखौ रकमको ‘डिल’ गर्नुले उनको हत्या सम्पत्तिसँग सिधै जोडिएको शंका गर्ने ठाउँ दिएको छ । जसलाई प्रहरीले पनि आलटाल गरी सहयोग गरिएको प्रष्ट छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV