१२ जेष्ठ २०७५, शनिबार
  • अर्जनु गजुरेल,

सिन्धुली । सिन्धुलीगढी भन्ने वित्तिकै स्वर्गीय कृष्णविक्रम थापाको सिन्धुलीगढी घुमेर हेर्दा भन्ने बोलको गीतलाई सबैले सम्झने गर्छन । त्यतिले मात्रै नभई ऐतिहासिक बीरताको किल्ला पनि हो सिन्धुलीगढी । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरुपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ ।

स्वर्गीय गायक कृष्णविक्रम थापाले इतिहासलाई सम्झाउने काम गरे पनि सिन्धुलीगढीलाई राज्यले संरक्षण गर्न नसक्दा ऐतिहासिक धरोहरको अस्तित्व संकटमा पर्दै गएको छ । वि स १८२४ कार्तिक २४ गते इष्ट इन्डिया कम्पनीको कप्तान क्रिनलोक नेतृत्वमा नेपाल कब्जा गर्न आएका अंगे्रज फौज माथि यही गढीबाट गोर्खाली सेनाले विजय हासिल गरेका थिए । पृथ्वीनारायण शाहका फौजका वम्शुङ गुरुङ नेतृत्वमा रहेको फौजले ऐतिहासिक विजय हासिल गरेको थियो । सिन्धुलीमा दुई वटा गढी छन् ।

सिन्धुलीगढी भन्दा पश्चिमतिर अर्को सानो गढी पनि छ । मकवानपुरे राजा सुवन सिङगको पालामा उनको छोरा माडिएके सेनले १७६२ तिर गढी निमार्ण गराएका उक्त गढी १८१९ मा गोरखाली सेनाले कब्जा गरेको थियो । दुई गढी बिचमा पृथ्वी नारायण शाहले युद्धपछि सेना बस्न घर बनाएका थिए । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बढा हाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरि २ तले दरबार बनाइएको थियो । वि स २०३६ साल तिर कृष्ण विक्रम थापाले यो गीत गाउदा दरबारको किल्ला रामै अवस्थामा थियो ।

तर अहिले न त थापाले गीत गाएको अवस्थामा दरबार छ न कतैबाट संरक्षणको पहल नै भएको छ । यद्दपि नेपाल एकीकरण इतिहास बोकेको भूमि सिन्धुलीगढी महत्व भने कम छैन । दरबारले आÇनो वास्तविक स्वरुप लुकाएर अस्तित्व खोजिरहेको छ । यसको समरक्षण हुन नसक्दा नेपालीको बहादुरी एवं वीरताका इतिहास ओझेलमा परेको छ । गढीका क्mिल्लाहरु भग्नावशेष अवस्थामा छन् । राष्ट्रिय झण्डा फरफराइरहे पनि त्यहाँ राष्ट्रले अझै ध्यान दिन सकेको छैन ।

त्यस्तै पानी खानको लागि गोरखाली सेनाले गढीमा बनाएको इनार खण्डहर बनेको छ । अग्रेजको २ हजार ४०० सयको फौजलाई ५ सय नेपाली फौजले हराएर नेपाली भूमीलाई जोगाएको त्यो ऐतिहासिक गढीलाई राज्यले संरक्षण र सम्बद्र्धन गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV