१२ जेष्ठ २०७५, शनिबार

नेपालगञ्ज । बाँकेमा तोकिएको समयमा विभिन्न भौतिक पूर्वाधार निर्माण पूरा नगर्ने दुई जना ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भैरव कन्स्ट्रक्सनका प्रोप्राइटर भरत शाह र राम आश्रय यादवलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले बताएको छ । उनिहरुले पुल निर्माण तथा नेपालगन्ज उपमहानगरपालिकाको सडक निर्माणको जिम्मा लिएर समयमा पूरा नगरेका हुन् ।

शाह र यादवलाई पक्राउ गरि निर्माणमा ढिलाई हुुनुको कारणका बारेमा सोधपुछ गर्ने र आवाश्क कार्वाही अघि बढाईने बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV