१२ जेष्ठ २०७५, शनिबार

काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले वर्तमान सरकारको सय दिनमा दुई पार्टीबीचको एकता र केही सुशासन दिलाउनेबाहेक अन्य कुरामा सपना बाँड्ने मात्रै काम भएको बताएका छन् ।

वर्तमान सरकारले नारा धेरै लगाएको तर काम थोरै गरेकोपनि उनको आरोप थियो । उनले अहिलेको सरकार सर्वसक्तिमान रहेको बताउँदै भने, ‘भारत, चीन र नेपाल सबैमा शक्तिशाली र स्थिर सरकार छ, अब सुशासन र विकास नगरे कहिले गर्ने ?’

आफूहरुले संविधान संशोधन लगायतका मधेश आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नको लागि वर्तमान सरकारलाई समर्थन गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाई र सम्बोधन नभएको उनले आरोप लगाए । उनले थपे,‘हाम्रो काम नै नगरेपछि हामी अब समर्थनबारे पूर्नविचार गर्छौं।’ यादवले सरकारलाई दिएको समर्थन आफूहरुले फिर्ता लिन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV