१२ जेष्ठ २०७५, शनिबार

मुस्ताङ । नेपाल तरुण दलले मुस्ताङका सबै गाउँ पालिकामा भव्य कार्यक्रमको आयोजना गरेको छ ।   

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले एकैदिन देशब्यापी रुपमा ७५३ ओटा स्थानीय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका स्तरीय तरुण अन्तरक्रिया तथा भेला कार्यक्रम गर्ने कार्यक्रम अन्र्तगत मुस्ताङका सबै गाउँपालिकामा भव्य कार्यक्रम भएको हो ।

थासाङ्ग गाउँपालिका अध्यक्ष वुद्धिप्रसाद शेरचनको प्रमुख आतित्थमा कार्यक्रम सम्पन्न भएको हो । तरुण युवाहरु एक जुट भएर अगाडि बढे काँग्रेसको जागरण आउँने थासाङ्ग गाउँपालिका अध्यक्ष वुद्धिप्रसाद शेरचनले बताउनुभयो । अब जनताको माझ गएर काम गर्न जरुरी रहेको भन्दै शेरचनले सबै तरुणहरु एक जुट हुन आब्हान गर्नुभयो । थासाङ्ग गाउँपालिमा १५ सदस्यीय तरुण दलको नव गठन कार्यसमिति बनाइएको छ ।

थासाङ्ग गाउँपालिका तरुण दलको अध्यक्ष रुपेश तुलाचन, उपाध्यक्ष भूपिन थकाली, सचिव विशन पुर्जा, कोषाध्यक्ष भीम कुमारी दर्जी ९पौडेल०, उपसचिव विजय बि।क, सदस्यहरु कर्णसिंह तामाङ, सन्जिव थकाली,अनुप गौचन,सुमन पुन,विष्णु पुर्जा,सन्जित गर्बुजा,सन्तोष गौचन, धन बहादुर हिराचन,दुर्गा बि।क।,संगीत बि।क चुनिएका छन् । त्यस्तै घरपजोङ गाउँ पालिकामा जिल्ला समन्वयन समितिका उपाध्यक्ष राजेन्द्र शेरचनको प्रमुख आतित्थमा सम्पन्न भयो ।

भेला र कार्यक्रमले योगेश शेरचनको अध्यक्षतामा घरपजोङ गाउँ पालिकामा तरुण दलको नेतृत्व छनोट भएको छ उपाध्यक्ष तेन्जिङ थकाली, कोषाध्यक्ष महेश थकाली, सचिब कपिल थकाली, सह(सचिब दुरेन गौचन चुनिएका छन् भने वाह्र गाउँ–मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष धारा गुरुङको प्रमुख आतित्थमा सम्पन्न भयो ।

वाह्र गाउँ–मुक्तिक्षेत्र गाउँपालिकामा तरुण दलको नयाँ कार्यसमिति बनेको छ । बाँकी रहेको लोमान्थाङ गाउँ पालिका र लो धेकर दामोदर कुण्ड गाउँ पालिकामा भने जेठ १९ गते कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV