१२ जेष्ठ २०७५, शनिबार

काठमाडाैँ। मातृ शिशु स्वास्थ्यको सचेतनाका लागि अल्का अस्पताल र लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ एको संयक्त आयोजनामा स्वास्थ्य बच्चा प्रतियोगिताको आयोजना भएको छ । चौथो वर्षमा प्रवेश गरेको अभियानमा झण्डै एक सय पचास बच्चाहरु सहभागी भएका छन् ।

बच्चाको स्वास्थ्यमा सुधार ल्याउने, स्वस्थ्य नागरिक र स्वस्थ्य समाजको कल्पना गर्दै प्रतियोगिता नै आयोजना हुन थालेको छ । प्रतियोगिताको प्रारम्भमा त्यति उत्साह नदेखिएको भएपनि चौथो वर्षमा पुग्दा भने प्रतियोगिता निक्कै सफल भएको आयोजनकको दावी छ ।

बालबालिकाहरुको शारीरिक, मानसिक र सामाजिक बृद्धि विकासको लागि बच्चाहरुलाई उचित समयमा दिइने स्वास्थ्य र शिक्षाले निक्कै प्रभावित पार्ने गर्दछ । जन्मेदेखि सात वर्षसम्मका बच्चाहरुको सहभागिता रहेको प्रतियोगिताले स्वस्थ्य बच्चाको महत्वलाई थप दर्शाएको छ ।

बालबालिकाको विकासको चरणमा उनीहरुलाई पु¥याउनुपर्ने स्वास्थ्य सेवा, रेखदेख, खानपपान, सरसफाईको बारेमा प्रतियोगिताले सकरात्मक सन्देश प्रवाह गरेको छ । दिन प्रतिदिन प्रतियोगिताप्रतिको आकर्षण बनेको भन्दै कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV