१२ जेष्ठ २०७५, शनिबार

गोइयाङ । चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनिङ भने त्यस क्षेत्रमा स्वयंसेवी शिक्षकका रुपमा कार्यरत छिन् ।

सो विद्यालय रहेको डासी गाउँ ठूलाठूला पहाड र गरिबीले घेरिएको छ । निकै साघुरा पहाडी बाटोहरू पार गरेर मात्रै त्यो ठाँउमा पुग्न सकिन्छ।

गत एक वर्षभन्दा बढी समयदेखि कार्यरत उनको जीवन लोभलाग्दो र सन्तोषजनक देखिन्छ । सन् २०१७ को जुलाईमा चेङ २३ वर्षकी भइन् । मध्य चीनको हुवेइ प्रान्तमा रहेको हौझोङ कृषि विश्वविद्यालयबाट उनले त्यतिबेला भर्खर स्नातक गरेकी थिइन् ।

चिनमा राष्ट्रिय स्वयंसेवी शिक्षक कार्यक्रम सन् २००३ देखि लागु भएको हो । जसले विद्यार्थीहरूलाई स्वयंसेवी शिक्षकको रूपमा गरिब, आदिवासी र अल्पसंख्यक समुदाय रहेको क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको छ ।

उनले सन् २०१६ मा हुवेईको प्राथमिक विद्यालय भ्रमण गरेपछि स्वयंसेवी शिक्षक बन्ने निर्णय गरेको बताइन् । “म गएका ठाँउका गरिब बालबालिकाहरूले पाएको दुःख र उनीहरूको अवस्था देखेर चकित पनि भएँ, दुःख पनि लाग्याे । बालबालिकाहरू विद्यालयदेखि घरसम्म आउन-जानका लागि दैनिक घण्टौं हिँड्ने गरेको पाएँ,” चेङले भनिन् ।

उनी थप्छिन्, “त्यही बेलादेखि मैले स्वयंसेवी शिक्षकको रुपमा काम गर्ने र उनीहरूलाई सघाउने अठोट गरेको हुँ ।”

त्यतिबेलाको जुलाईमा केही दिनको तयारीपछि चेङसहित उनका चारजना सहपाठीले आफ्नो सहर छाडेर त्यो दुर्गम गाँउतर्फ लागेका थिए । उनीहरू गुइझाओकोे प्राथमिक विद्यालयमा गएका थिए ।

सो विद्यालय रहेको डासी गाउँ ठूलाठूला पहाड र गरिबीले घेरिएको छ । निकै साघुरा पहाडी बाटोहरू पार गरेर मात्रै त्यो ठाँउमा पुग्न सकिन्छ । उक्त प्राथमिक विद्यालयमा रहेका ७० जना विद्यार्थीलाई पढाउन तीन जना मात्रै शिक्षक थिए । तीनै विद्यार्थी र शिक्षकहरूलाई प्रेरित गर्न चेङ स्वयं गर्दै त्यहाँ पुगेकी हुन् ।

“हामीले हरेक हप्ता कडा मेहनेतका साथ पठाउने गरेका थियौं, मैले तीन कक्षाका विद्यार्थीलाई चिनियाँ भाषा र गणित पढाउँदै अाएकी छु,” चेङ भन्छिन्, “चार कक्षाका विद्यार्थीलाई अङ्ग्रेजी र एक कक्षालाई खेलकुद पढाउने गरेकी छु ।”

पहिला-पहिला खासै पढ्न र नियमित विद्यालय आउन जाँगर नगर्ने, बीचैमा पढाइ छाड्ने विद्यार्थीहरूले पनि अहिले भने खुशी भएर पढ्ने र भविश्यप्रति आशावादी हुने गरेको उनको भनाइ छ । उनकाे स्वयं सेवाले विद्यार्थीमा अाशा र भराेशा जगाएकाे छ, यसप्रति उनी खुसी देखिन्छिन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV