१२ जेष्ठ २०७५, शनिबार

काठमाडौँ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव शुरु भएको छ ।

यही जेठ १९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार यहाँ आयोजित एक समारोहमा उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा उहाँले दुई देशबीचको सांस्कृतिक सम्बन्ध प्रवर्द्धनमा खाना महोत्सवले थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराराले श्रीलंका र नेपालबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरानो भए पनि जनता–जनताबीचको सम्बन्ध शताब्दीऔँ पुरानो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुद्धको जन्मस्थल नेपाल हरेक श्रीलंकालीका निम्ति पवित्र तीर्थस्थल हो, धर्म र संस्कृतिले हाम्रो सम्बन्धलाई अझ प्रगाढ एवं सुदृढ तुल्याएको छ, यस्ता खाद्य महोत्सवले आर्थिक सम्बन्ध विस्तारमा पनि मद्दत गर्छ ।”

महोत्सवमा ८३ वर्षीय श्रीलंकाली पाककलाका जानकार डा. पुबिस सिल्भाले पस्कने विविध परिकारको स्वाद लिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV