११ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । सरकारको कामको पहिलो समीक्षा एक सय दिन अर्थात मधुमास अवधिलाई लिने गरिन्छ । भित्र प्रवेश गर्नुअघिको ढोकाका रुपमा लिइने सरकारको मधुमास कति उपलव्धिमुलक रह्यो भन्ने कुरा आ–आफ्नो दृष्टिकोण फरक–फरक रहला । विकास र समृद्धिको सपना देखाएको केपी शर्मा ओली नेतृत्वको सरकारका तुलनात्मक रुपमा आलोचना स्वभाविकै हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक भनाईले मुलुक साच्चिकै समृद्ध बन्ने आशा नहरने कुरै भएन । तर, सुरुवाती एक सय दिन काम भन्दा कुरामै बढी सीमित रहेको तथ्य कतै लुकेको छैन ।

रेल र पानी जहाजका प्रसंगहरु ओलीका मुख्य योजना नै भन्दा फरक पर्दैन । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीसँग गरिएको अन्तर्वार्तामा समग्रमा नेपाली जनताहरुको जीवस्तर उकास्ने कार्यक्रहरु नेपाली कांग्रेससँग रहेको दाबी गरेका छन् । उनले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्न कार्यक्रममा बोल्दै नेपाली जनताहरुप्रति नेपाली कांग्रेस जिम्मेवारी भएकोसमेत बताएका छन् ।

उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर पनि कांग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई छोडेको छैन । त्यही सिद्धान्त र आदर्श अनुसारनै अगाडि बढीरहेको छ ।’ साथै उनले आर्थिक बिकास र समृद्धिको योजनाहरु कांग्रेसमा रहेको बताउँदै अहिलेको सरकारले धेरै प्रकारको आलोचनाहरु खेपिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV