११ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । थप उपचारका लागि भारत लगिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा केही सुधार आएको छ ।
घिमिरेको स्वास्थ्यमा केही सुधार आएपनि अझै केही दिन उपचार जारी रहने उाचभारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

उनको इन्डोसकोपी, कोलोस्नोकोपी, क्याप्सुल इन्डोसकोपी प्रयोग गरी उनको उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकद्वय डा नरेश त्रैहान र डा रणधिर सुदले जनाएका छन्।

घिमिरेलाई बुधबार हरियाना राज्यको गुडगावँस्थित मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो। शरिरमा आन्तरीक रक्तश्राव भएपछि उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकको सुझावमा उनलाई हरियाना लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV