११ जेष्ठ २०७५, शुक्रबार
  • दानबहादुर बुढा,

मुगु । नेपालको अति बिकट मानिएको कर्णाली प्रदेशको मुगु सदरमुकाम गमगढीमा पहिलो पटक वृहत चित्रकला प्रदर्शनी गरिएको छ ।

कर्णाली आट्र्स सेन्टर मुगुको आयोजनामा र नेपाल ललितकला क्याम्पसमा अध्ययनरत् बिद्यार्थीको पहलमा चित्रकला प्रदर्शनी गरिएको हो । धार्मिक, ऐतिहासिक, स्थानीय कला, भेषभुषा र रितिरिवाजलाई विश्वसामु चिनाउन चित्रकला प्रदर्शनीको मूल उद्देश्य रहेको बताइएको छ ।

ललितकला क्याम्पसका प्राध्यापक कुशल हमालले मुगुको पहिचान स्थापित गर्न चित्रकला प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले सांस्कृति, धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण मुगुमा पर्यटनको प्रचुर सम्भावना रहेको समेत बताउनुभयो ।

चित्रकला प्रदर्शनीमा स्थानीय तथा आन्तरिक पर्यटकको उल्लेख्य सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV