११ जेष्ठ २०७५, शुक्रबार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ  । शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ तेस्रो मिष्टर काठमाडौ शारीरिक सुगठन प्रतियोगिता, तेस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता र दोस्रो जुनियर मिष्टर काठमाडौ प्रतियोगिता गर्ने हुने भएको छ ।

 शुक्रबार राजधानी पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौ शारीरिक सुगठन तथा फिट्नेस संघले प्रतियोगिताका बारेमा जानकारी दिएको छ् ।दुई दिन सम्म काठमाडौमा संचालन हुने प्रतियोगिताको मिष्टर काठमाडौ प्रतियोगिताको प्रत्येक समुहको समुहगत बिजेता खेलाडीहरु बीच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीले मिष्टर काठमाडौको उपाधी सहित नगत १ लाख दश हजार रुपैयाँका साथै ट्रफीका साथै ब्यानेटले सुसज्जित गरिनेछ ।

साथै बेस्ट पोजरले १० हजार रुपैयाँ पाउदा, मिष्टर काठमाडौमा सहभागी ६ बजन समुहका स्वर्ण, रजत र कास्य पदक बिजेता खेलाडीहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैयाँ र मेडल, ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ । महिला एथलेटिक्स फिजिक्समा ओभरअलमा प्रथम हुने महिला खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै

नगत ३० हजार रुपैयाँका साथै ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ ।त्यसैगरी दोस्रो जुनियर मिष्टर काठमाडौको ओभरअलमा प्रथम हुने खेलाडीले पनि ३० हजार रुपैयाँका साथै ट्रफी र ब्यानेटले सुसज्जित गरिने आयोजना जनाएको छ ।
प्रतियोगिता संचालन गर्न १५ लाख रुपैयाँ लाग्ने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगिताले खेलाडीहरुको शरीरलाई स्वास्थ्य, आकर्षकका साथै बलियो बनाउनुका साथै खेलाडीहरुले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भै राष्ट्रको नाम उचो पार्न महत्त्वपूर्ण भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV