११ जेष्ठ २०७५, शुक्रबार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ । राष्ट्रिय सोतो कराते डो संघ नेपालको आयोजनामा “प्रथम एपीएफ अन्तर्राष्ट्रिय खुल्ला सोतो कराँते प्रतियोगिता” सुरु भएको छ ।

एकल काताकी स्वर्ण पदक विजेता बर्षा साउद

राष्ट्रिय सोतो कराँते डो संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितालाई माननिय युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले गर्नु भएको थियोे । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिश्वकर्माले “नेपाली खेलकुद क्षेत्रको बिकासका निम्ति आर्थिक बर्ष २०७५ / ७६ को नयाँ बजेटमा नेपाली खेलकुद कै ईतिहासको सबैभन्दा ठुलो बजेट ल्याउन लागेको बताएका छन् ।

मन्त्री बिश्वकर्माले “स्वास्थका लागि खेलकुद सबैका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै प्रत्येक प्रदेशमा खेलकुद मैदानको ब्यवस्थाका साथै सरकारले खेलाडीहरुको बिमाको ब्यवस्था चाडै गर्ने पनि बताएका छन् । नयाँ खेलका रूपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको सोतो करातेले आफ्नो पहिलो प्रतियोगिताको रूपमा यो प्रतियोगिताको आयोजना गरेको हो ।

“स्वास्थका लागी खेलकुद राष्ट्रिका लागी खेलकुद” भन्ने मुल नाराका सुरु भएको प्रतियोगितामा जापान, भारत, श्रीलंका, बाङ्गलादेश, पाकिस्तान, भुटान र नेपाल गरि ७ देशका दुई सय ५३ जना खेलाडीहरु १७ स्वर्ण पदकका लागी प्रतिस्पर्धा गरिरहेका छन् ।

महिला तर्फ ८ तौल समुह र पुरुष तर्फ ९ तौल समूहको गरि कुल १७ तौल समुहमा प्रतिस्पर्धा गराईने राष्ट्रिय सोतो कराते महासंघका अध्यक्ष राजेन्द्र राजेन्द्र बानियाँ जानकारी दिए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगत प्राप्त गर्नुका साथै प्रमाणपत्र प्राप्त गर्नेछन् । सशस्त्र प्रहरी बल एपीएफको मुख्यालय हलचौकमा सुरु भएको प्रतियोगिताको पहिलो दिन एकल कातामा एपीएफ बि कि बर्षा साउद र प्रदेश १ का रोहित राईले प्रतियोगितामा पहिलो स्वर्ण जितेका छन् ।

फोटो :- महेश्वर के.सी.

प्रतिक्रिया दिनुहोस्

LIVE TV