डायबिटिजबाट बच्न सधैं सेवन गर्नुस् तितेकरेला, नखानुस् सेतो चामलको भात



प्रकाशित मिति : May 16, 2018

एजेन्सी । मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस अमेरिकामा भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ।

मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ।ृ२े रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्।

उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भनेृ३े लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू कार्डियोभास्कुलर डिजिजेज, स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्

मधुमेहलाई खतरनाक रोग हो । आधुनिक जीवनशैली र सुख सुविधाले मानिसहरुको जीवनलाई सजिलो त बनाएको छ तर यसले मधुमेहजस्ता रोगलाई पनि उपहारको रुपमा दिएको छ । यो एक दीर्घरोग हो । यसलाई नियन्त्रणमा राख्न सकिन्छ तर कहिले निको पार्न भने सकिँदैन ।

मधुमेह गुलियो खानेकुरा खाँदा हुने होइन तर एकपटक मधुमेह लागेपछि गुलियो खानेकुराबाट टाढै रहनुपर्छ । त्यसकारण गुलियो खानबाट बच्न जरुरी छ । जमिनभित्र फल्ने आलु, शख्खरखण्डलगायतका खानेकुराबाट बच्नुहोस् । सक्नुहुन्छ भने खाँदै नखानुहोस् र यदि सक्नुहुन्न भने निकै कम मात्रामा यसको सेवन गर्नुहोस् ।

जंक फूड खाँदै नखानुहोस् । यसले मधुमेहको खतरा थप बढाउँछख । साथै, तारेको, भुटेको खानेकुरा नखानुहोस् । टुसा उम्रेको खानेकुरालाई उसिनेर खानुहोस् । मधुमेह बढ्नबाट रोक्न चाहनुहुन्छ भने बोसोयुक्त खानेकुरा नखानुहोस् । यस्ता खानेकुरा र कार्बोहाइडड्रेटयुक्त खानाले मधुमेहलाई थप बढाउँछ ।

यदि तपाईं दैनिक सेतो चामलको भात खानुहुन्छ भने तपाईंलाई टाइप–टु मधुमेहको खतरा सामान्यभन्दा ११ प्रतिशत बढि हुन्छ । भात पकाउने विधि र यससँग खाने अन्य खानेकुरामा यसले पुर्याउने फाइदा र हानीबारे निर्भर हुन्छ । यदि भातसँगै मासु वा सोयाबिन खाइन्छ भने मधुमेहको खतरा धेरै रहन्छ किनभने यसले शरिरमा रगतमा चीनीको मात्रामा असर पुर्याउन सक्छ ।

तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।

अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस ९कली(केसरा० बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।

हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग  गुठली १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम खाने ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com