दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ



प्रकाशित मिति : May 16, 2018

काठमाडौँ  । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले सोमबार दुई, मंगलबार दुई र आज दुईजनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com