‘महाभारत’ मा सलमानलाई कृष्ण बन्ने अफर



प्रकाशित मिति : May 16, 2018

मुम्बई ।बलिउडमा मिस्टर पर्फेक्सनीस्ट भनेर चिनिने आमीर खानले बाहुबली निर्देशक एस एस राजामौलीलाई लिएर महत्वकांक्षी फिल्म ‘महाभारत’ बनाउने उदघोष गरेका छन् ।आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण गर्न कुनै फिल्ममा साइन नगरेका आमिरले अबका १० वर्ष ‘महाभारत’ निर्माण गर्नमा फोकस गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यतिबेला आमिर खानको ‘महाभारत’मा कृष्णको भूमिका कसले निर्वाह गर्ला भन्ने चासोको विषय बनेको छ यसअघि स्वयं आमिरले कृष्णको भूमिका निभाउने भन्ने खवर आएपनि आमिर भने कृक्ष्णको भूमिकामा सलमान खानलाई दिन चाहिरहेको बुझिएको छ बताईएअनुसार आमिरले जव ‘महाभारत’निर्माण गर्ने उद्घोष गरेका थिए त्यतीखेर सलमानले उत्सुक भएर कृष्णको भूमिकाबारे आमिरलाई सोधेका थिए ।

‘महाभारत’लाई भारतीय ठूला ब्यापारी मुकेश अम्बानीले सह निर्माण गर्नेछन्। यो फिल्मको कुल बजेट १ हजार करोड रुपैयाँ रहेको छ।आमिर खानको ‘महाभारत’ पाँच फिल्मको सिरिज हुनेछ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com