दुर्इ ठूला कलाकारका छाेराछाेरीले नयाँ प्रेम कहानी रच्दै (हेर्नुहाेस् टिजर)



प्रकाशित मिति : May 16, 2018

काठमाडाैँ । नेपाली फिल्म नगरीमा पछिल्लो दशकमा कलाकार अभिभावकको बिडो थाम्दै सन्तान पुस्ता फिल्ममा आउने क्रम बाक्लिदो छ ।

फिल्म सन्तानबाट फिल्ममा डेब्यु गर्दा अभिनेत्री करिश्मा १४ वर्षकी थिईन् ।अहिले एक्लो सन्तान कविता यो फिल्ममा डेब्यु गर्दा २१ वर्षकी भईन् ।२६ वर्षको उमेरमा फिल्म ‘जीवनरेखा’ मा शिव देखिदाँ अहिले उनको छोरा शक्ति पनि २६ वर्ष मै ‘एउटा यस्तो प्रेम कहानी’ मा डेब्यु गर्दै छन् ।

नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को एक्सन टिजर रिलिज भइसकेकाे छ । एक्सनलाई महत्व दिइएको टिजरलाई यूवापुस्तालाई टार्गेट गरेर तयार पारिएको छ ।

अभिनेत्री करिश्माले छोरीले फिल्ममा काम गर्न मन्जुरी माग्दा आफू उत्साहित र अचम्मित भएको बताइन । किनकि फिल्ममा धेरै सरप्रइज छन्- उनले भनिन् ।

अभिनेता शिवले दर्शकका लागि आफ्नो छोरा र करिश्माको छोरी सरप्राइज भए पनि फिल्म आफै सरप्राइज प्याकेज भएको बताए ।

दिपक सापकोटाले निर्देशन गरेको फिल्मको हाल धमाधम छायांकन भइरहेको छ भने यसमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी रहेको छ ।
फिल्ममा प्रियंका कार्का, आयुष्मान देशराज श्रेष्ठ, सन्जोग कोइराला, वर्षा राउत, शिव श्रेष्ठ लगाएतका कलाकारहरुको पनि अभिनय छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com