३१ बैशाख २०७५, सोमबार

काठमाडौ । तातो पानीको फाइदाहरु धेरै छन् । तातो पानी पिउनाले बिरामीको समय राहत मिल्छ । यसले बिरामी हुनबाट पनि जोगाउछ । तातो पानीको सेवनले शरीरमा रक्तसञ्चार सन्तुलित हुन्छ।

तातो पानीले नुहाउँदा थकान हट्छ । लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ। तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ। साथै, जीउ दुखेको पनि निको हुन्छ।

कागतीको रस र मह तातो पानीमा मिसाएर बिहान पिउँदा रोगप्रतिरोधी क्षमता बढ्छ। बिहान उठेर तातो पानी पिउनाले कब्जियतको समस्या समाधान हुन्छ। तातो पानीको सेवनले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ।

श्वासप्रश्वास र मिर्गौलासम्बन्धी समस्या भएमा चिसो पानीको सट्टा मनतातो पानी पिउनुपर्छ।

LIVE TV