३१ बैशाख २०७५, सोमबार

इजरायलको जेरुसेलममा अमेरिकी दुतावास राखिएकोमा प्यालेस्टाइनका नागरिकको विरोध, विरोधसहित भएको झडपमा ३७ जनाको मृत्यु, १३ सय घाइते, मृत्यु हुनेमा अधिकांश बालबालिका

इजरायल । इजरायलको गाजा सीमामा इजरायली प्रहरी र प्यालेस्टाइनी नागरिकबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ भने १३ सय भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । अमेरिकाले आफ्नो दुतावास जेरुसेलममा खोलेको विरोधमा उत्रिएका प्यालेस्टाइनी नागरिक र सरकारबीच भडप भएको थियो ।

भडप रोक्न प्रहरीले फालेको अश्रुग्यास र कालो धुँवाका कारण श्वास प्रश्वासमा समस्या आएपछि अधिकांश बालबालिकालाई अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याइएका अधिकांश बालबालिकाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । उता अमेरिकाले भने प्यालेस्टाइनी नागरिकको विरोध जायज नभएको बताएका छन् ।

LIVE TV