३१ बैशाख २०७५, सोमबार

काठमाडौं। यात्रुले ट्याक्सीमा ७ लाख ५५ हजार बिर्सिएको थियो । उक्त रकम लिएर फरार भएको टयाक्सी चालक पक्राउ परेका छन् ।

बा १ ज ३६६५ नम्बरको भाडाको टयाक्सी चलाउने २९ वर्षीय अशोक थापालाई प्रहरीले ६ लाख नगदसहित पक्राउ गरेको हो । उनी नवलपरासी कावासोती घर भई हाल काठमाडौं हाँडीगाउँ बस्दै आएका छन् ।

बारा सिमराका ६७ वर्षीय नारायणप्रसाद पाठकले पैसाको झोला भने टयाक्सीमा मै विर्सिएका थिए । उक्त पैसा लिएर टयाक्सी चालक फरार भएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीले नियन्त्रणमा लिई ६ लाख बरामद गरेको छ ।

 

LIVE TV