३१ बैशाख २०७५, सोमबार

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेको समयमा भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीट मार्फत् गरेको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट गराएको ।

दुई देश बीच सदियौं देखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्यलयले प्रेस विज्ञाप्ती जारी गर्दै भारतीय सांसद आजादको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति घोर निन्दा र भत्र्सना गरेको छ ।

स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विषय जारी प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार मागसमेत गरेको छ ।

LIVE TV