३१ बैशाख २०७५, सोमबार
  • रामहरि श्रेष्ठ,

ओलखढुंगा । ओखलढुंगाको चम्पादेवी गाउपालिका ७ मा सञ्चालित एक दिने निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा र चम्पादेवी गाउँपालिका ७ को संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधि वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिए ।

जिल्ला अस्पताल रुम्जाटारको चिकित्सक तथा औषधी व्यवस्थापनमा सञ्चालीत शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उपचारमा सहज भएको स्थानीयले बताए । शिविर वडास्तरमा आयोजना गरिए पनि गाउँपालिका भरिका नागरिकले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

शिविर उद्घाटनमा संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सभाका सांसद मोहन खड्का लगायतको सहभागिता थियो । स्थानीयले बेला बेलामा स्थानीय तहमै यस्ता शिविर आयोजना गर्न माग गरेका छन् ।

 

LIVE TV