३१ बैशाख २०७५, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन जनमुखी, दक्ष, स्वच्छ र निष्पक्ष सार्वजनिक प्रशासनको आवश्यकता औँल्याउनुभएको छ ।

संघीय प्रशासनिक पुनःसंरचना समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले देशलाई तीव्र विकास, अत्याधिक उत्पादन, समुचित वितरण र सामाजिक न्यायका लागि अनुशासित र अधिकार सम्पन्न प्रशासन संयन्त्रको आवश्यकता औल्याउनुभयो ।

कर्मचारीको काममा हस्तक्षेप र कार्यप्रणालीमा अवरोध आउनु संघीय लोकतान्त्रिक प्रणालीमाथिको खिल्ली हुने भन्दै अनुशासनसहितको प्रशासन आजको आवश्यक्ता रहेको उहाँको भनाई थियो ।

समितिले बुझाएको प्रतिवेदनमा सार्वजनिक प्रशासनमा चुस्त संगठन निर्माण गर्ने, अनावश्यक संरचना खारेज गर्ने, कर्मचारीको सरुवा, बढुवा, र सदाचारको नीति लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

७४ साल बैंशाख २१ गतेको मन्त्रिपरिषद निर्णय अनुसार सरकारले प्रशासन सुधार बारे सुझाव दिन भन्दै अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समिति गठन गरेको थियो । ०

LIVE TV