३१ बैशाख २०७५, सोमबार

काठमाडौं । चाईनिज र्माबाईल निर्माता कम्पनी शाओमी (Xiaomi) ले नयाँ स्मार्ट फोन रेडमी एस२ (Xiaomi Redmi S2) सार्वजनिक गरेको छ । यस कम्पनीको रेडमी एस सिरजको यो पहिलो स्मार्ट फोन हो । यस फोनको बिषेशता भनेको दुई माईक्रोन पिक्शलको साथमा १६ एमपी सेंसरवाला फ्रन्ट फेसिङ क्यामेरा दिईएको छ ।

कम्पनीले रहेको दाबी अनुसार क्यामेराको क्वालिटी रेडमी एस २को ‘बेस्ट रेडमी सेल्फी फोन’ बन्ने छ । शाओमीले यस नयाँ फोन चाईनिज मार्केटमा रिटेलर www.suning.com को साथमा मिलेर सार्वजनिक गरेको हो ।

रेडमी एस २ को मुल्य ?

शाओमी रेडमी एस २ को मुल्यको कुरा गर्दा तीन जीबी ¥याम र ३२ जीबी इन्टरनल मेमोरी भएको वेरिएण्टको चीनमा ९९९ युआन राखिएको छ । त्यस्तै, चार जीबी ¥याम र ६४ जीबी इन्टरनल मेमोरी भएको टप वरिएण्टको मुल्य १,२९९ युआन राखिएको छ ।

शाओमीको यस स्मार्ट फोनको www.suning.com मा मे १७ बाट बिहान १० बजे देखि सुरु हुनेछ । रेडमी एस २ गोल्ड, प्लाटिनम, सिल्भर र रोज गोल्ड कलरमा मा उपलब्ध हुनेछन् ।

डिस्प्ले

रेडमी एस २ स्मार्ट फोनको डिस्प्लेको कुरा गर्नुपर्दा ५.९९ इन्चको ७२० गुनान १४४० पिक्सलको एचडी प्लस डिस्प्ले रहेको छ । यस फोनमा ६२५ स्न्याप ड्र्यागन प्रोसेसर दिईएको छ ।

क्यामेरा

शाओमी रेडमी एस २ मा ड्युल रियर क्यामेरा सेटअप गरिएको छ । यसमा प्राइमरी क्यामेरा १२ मेगापिक्सलको हो । यसैको सेकेण्डरी क्यामेरा ५ मेगापिक्सलको सेटअप गरिएको छ ।

यसको अलवा १६ मेगा पिक्सलको फ्रण्ट क्यामेरा छ । फ्रण्ट क्यामेरामा एआई पोर्टेट मोड, आई स्मार्ट ब्युटी, फ्रण्ट एचडिआर र फेस अनलक फिचर रहेको छ ।

कनेक्टिविटी

कनेक्टिपवटीको लागि यस फोनमा ४ जि भोल्ट, वाईफाई, ब्लुटुथ ४.२, जिपिएस, ३.५ हेडफोन ज्याक र माईक्रो युएसकबी पोर्ट दिईएको छ । फोनलाई पावर दिनको लागि यसमा 3080 mAh को ब्याट्री रहेको छ ।

LIVE TV