३१ बैशाख २०७५, सोमबार

काठमाडौँ । चलचित्र निर्माता संघ र चलचित्र संघबिच सहमति भएको छ । आईतबार साँझ बसेको बैठकमा चलचित्र निर्माता संघ र चलचित्र संघबिच सहमति जुटेको हो ।

अब निर्माता र चलचित्र हलवालाले सिंगल थिएटरबाट चलचित्रले प्राप्त गरेको ५०/५० प्रतिशत आम्दानी प्राप्त गर्ने सहमति भएको छ। सहमति अनुसार २के पिक्चर क्वालिटी भएका र प्रति टिकट मूल्य रु २५० तोकिएका मल्टिप्लेक्स हलहरुबाट प्राप्त आम्दानीको सेयर भने पहिलो हप्ता ५०/५० प्रतिशत, दोस्रो हप्ता निर्मातालाई ४५ र हलवालालाई ५५ प्रतिशत, तेस्रो हप्ता ४०र६० प्रतिशत र चौथो हप्ताबाट ३५/६५ प्रतिशत सेयर बाँडफाट हुने रहेको छ।

हलहरुमा फिल्म प्रदर्शन हुनु भन्दा २ हप्ताअघिबाट फिल्मका पोस्टर, ट्रेलर तथा टिजर प्रदर्शनका लागि कुनै लागत नलाग्ने भएको छ ।  साथै प्रदर्शनमा आएको २/२ हप्तामा चलचित्र निर्माताहरुलाई नगदमा आयव्ययको हिसाबकिताब बुझाउने पनि सहमति  भएको छ । नेपाल सरकारले दिएको समय अनुसारनै बक्सअफिस लागू गर्न २ पक्षले सहमति जनाएको चलचित्र निर्माता संघका महासचिजव रोज राणाले बताए ।

LIVE TV