३१ बैशाख २०७५, सोमबार

बुटवल । पाँच नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । यो अधिवेशनले आवस्यक ऐन, कानूनका लागि विधेयकमा छलफल थाल्नेछ । पहिलो अधिवेशन अन्त्य भएको एक साता नवित्दै दोस्रो अधिवेशन सुरु भएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा आर्थिक वर्ष २०७५÷७६ का लागि तयार गर्न विनियोजन विधेयक २०७५ को सिद्धान्त, उद्देश्य समेत पेश गर्ने तयारी रहेको छ । विनियोजन विधेयकको सैद्धान्तिक छलफल सुरु हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

LIVE TV