३१ बैशाख २०७५, सोमबार

बुटवल । गएरातिकाे हावाहुरी र पानीका कारण बुटवल-पाल्पा सडकखण्डमा  पहिराे खसेकाे छ । रुपन्देही र पाल्पाको सीमा क्षेत्र शिद्धबाबामा खसेकाे उक्त पहिराेका कारण सडक अवरुद्ध भएको छ । भीषण हावाहुरीसहित आएको पानीका कारण पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

राति करिव १ बजेतिर दोभान–बुटवल सडकखण्डको हेडबक्स नजिकै सडकमाथिबाट ढुंगासहितको पहिरो खसेको हो । सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँचीतर्फ जाने र ती जिल्लाबाट बुटवल आउने यात्रु बाटाेमै अलपत्र परेका छन् ।

बुटवलबाट डोजर लगेर पहिरो हटाउने कार्यकाे तयारी भइरहेको जनाइएकाे छ ।

LIVE TV