३१ बैशाख २०७५, सोमबार

दिल्ली । भारतकाे नयाँ दिल्लीसहित उत्तर प्रदेशलगायतका विभिन्न राज्यमा तुफानका कारण मृत्यु हुनेकाे संख्या कम्तीमा ३९ जना पुगेका छन् । आइतबार साँझ भारतका विभिन्न भागमा चलेकाे तीव्र तुफान (अाँधी)का कारण मृत्यु हुनेकाे संख्या अझै बढ्न सक्ने जनाइएकाे छ ।

तुफानका कारण उत्तर प्रदेशमा सबैभन्दा बढी १६ जनाले ज्यान गुमाइसकेका छन् भने आन्ध्र प्रदेशमा पनि १२ जना मारिएको पुष्टि भएकाे छ। त्यस्तै पश्चिम बंगालमा ९ जना तथा दिल्लीमा २ जनाकाे मृत्युको पुष्टि भएको हाे।

अाइतबार दिल्ली र आसपासका क्षेत्रहरूमा प्रतिघण्टा १०९ किलोमिटर वेगमा चलेकाे अाँधीका कारण हवार्इको सेवाका साथै सडक, यातायात, बिजुलीमा समेत असर पुगेकाे छ । सयाैं रूखहरू र बिजुलीका स्तम्भहरू अाँधीले उखेलिदिएकाे छ । जसका कारण ठाउँठाउँमा सडक अवरूद्ध भएकाे छ। धेरै उडानहरू प्रभावित भएर डाइभर्ट गरिएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रविवार शाम चली तेज़ हवाओं के लिए इमेज परिणाम

उत्तर प्रदेशमा मात्रै  तीसभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन् भने अन्य विभिन्न ठाउँलगायत सयाैं घाइते भएकाे जनाइएकाे छ । पश्चिम बंगालमा मारिनेमा ५ जना बालबालिका रहेका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण धनजनकाे क्षति भएकाे प्रति दुःख व्यक्त गरेका छन् । मृत्यु  भएकाहरूप्रति संवेदना प्रकट गर्दै ट्वीटरमा लेखका छन्, “देशका विभिन्न भागमा अाएकाे अाँधीका कारण भएकाे धनजनकाे क्षतिले दु:खित छु । मृत्यु भएकाहरूकाे परिवारमा सहानुभूति, घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना !” –एजेन्सी

LIVE TV