३१ बैशाख २०७५, सोमबार

एजेन्सी :

इण्डोनेसियाको दोस्रो ठूलो शहर सुरबायामा भएका गिर्जाघरहरूलक्षित शृखंलाबद्ध हमलाहरू एउटै परिवारका सदस्यहरूले गराएको त्यहाँको प्रहरीले बताएको छ। आइतबार भएका ती आत्मघाती बम विस्फाेटमा परी १३ जनाले ज्यान गुमाएका छन् ।

इण्डोनेसियामा सन् २००५ मा भएका अातंककारी हमलायताकै अाइतबारका हमला सबैभन्दा घातक रहेकाे बताइएकाे छ । अाइतबारकाे हमलामा परी दर्जनौँ घाइते भएका छन्।

हमलाकारी परिवारकी आमाले आफ्ना दुई छोरीसहित पहिलो गिर्जाघरमा आत्मघाती विस्फोट गराएकी थिइन्। लगत्तै साेही परिवारका बाबु तथा दुई छोराहरूले अन्य दुई गिर्जाघरहरूमा लक्षित हमला गरेको त्यहाँका प्रहरी प्रमुखले बताएका छन्।

सो घटनाको जिम्मेवारी इस्लामिक स्टेट लडाकु समूहले लिएको छ। यसअघि इण्डोनेसियाको गुप्तचर निकायका एकजना अधिकारीले सुरुवातमा इस्लामिक स्टेटबाट प्रेरित भएको जेएडी नामक समूहले ती हमलाहरू गराएको हुनसक्ने आशंका गरेका थिए।

BREAKING: Another bomb explosion reported in Sidoarjo, East Java

हमलाकाी परिवारले सिरियामा इस्लामिक स्टेटसँग समय बिताएको हुन सक्ने विवरणहरूमा संकेत गरिएको छ। सो परिवारका बाबुले विस्फोटक पदार्थले भरिएको कार एउटा गिर्जाघरको परिसरभित्र लगेर जोताएर विस्फोट गराएका थिए। त्यस्तै, आमा र उनका ९ तथा १२ वर्षीया दुई छोरीहरूले शरीरमा विस्फोटक पदार्थ बाँधेका थिए र अर्को गिर्जाघरमा आत्मघाती विस्फोट गराएका थिए।

त्यसैगरी स्यान्टा मरिया क्याथोलिक गिर्जाघरमा सो परिवारका १६ तथा १८ वर्षीय छोराहरू मोटरसाईकल चढी प्रवेश गरेका थिए र आफूहरूको साथमा रहेको विस्फोटक पदार्थ विस्फोट गराएका थिए।

पहिलो हमला स्थानीय समयअनुसार बिहान साढे सात बजे भएको थियो भने दुई अन्य हमलाहरू पाँच-पाँच मिनेटको फरकमा गराइएको प्रहरीले जकार्ता पोस्ट समाचारपत्रलाई बताएको छ।

LIVE TV