३१ बैशाख २०७५, सोमबार

वि.सं. २०७५ साल वैशाख ३१ गते। सोमबार। इश्वी सन् २०१८ मे १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्दशी, १९:१७ बजेउप्रान्त औंसी। नक्षत्र– अश्विनी, ११:५९ बजेउप्रान्त भरणी। योग– आयुष्मान्, ७:५० बजेउप्रान्त सौभाग्य। करण– भद्रा, ७:५० बजेदेखि शकुनि, १९:१७ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मेष। काठमाडौँमा सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४४ बजे र दिनमान ३३ घडी ३६ पला। वैशाख मसान्त।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : अध्ययनमा सुधार भएर हुने तथा अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउँन सहज हुँनेछ । व्यावसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : स्वास्थको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : परिवार,आफन्त र इष्टमित्र सँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुने । पति पत्नीबिच सम्बन्धमा सुधार आउनेछ ।राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईँको नाम चर्चामा आउनेछ । तथा विवादित विषयहरू तपाइकै पक्षमा फैसला हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा मन्दी आउनेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यावसायमा लगानी नगर्नुनै उचित हुँनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबिच विवाद बढ्नेछ भने माइती चेलीबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुँने हुँदा दुख पाउँने समय रहेको छ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुँनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : आफ्नै बलबुताले व्यापार व्यावसायमा लागिन गरिन मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालती निर्णयहरू तपाइकै पक्षमा आउँने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ । विशिष्ट व्यात्तिको सहयोगमा राम्रा योजनाहरू फुर्ने ग्रहयोग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बिचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : माया प्रेममा सामान्य घटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने योग रहेको छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा लगानी गरे पनि प्रतिफल पाउन निकैनै सङ्घर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकाङ्क्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : समय तथा परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ । पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। कुटुम्ब तथा आफन्त सँग मनमुटाव बढ्ने तथा विवाद सिर्जना हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।

LIVE TV