३० बैशाख २०७५, आईतवार
  • प्रकाश सिग्देल

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएर जान ला्गनुभएका प्रहरी उपरिक्षक दिपक थापाले आफ्नो कार्यकाल निकै सफल भएको बताउनु भएको छ ।

कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सफल भएको दावी गर्नु भयो । मानवअधिकारको संरक्षण गर्दै गैरकानुनी र अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्ने काम आफ्नो कार्यकालमा भएको उहाँको दावी छ ।

प्रहरीको कामबाट सेवाग्राही सन्तुष्ट भएको जिकिर पनि उहाँले गर्नुभयो । यो अवधीमा प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो बनाएको हो । प्रविधिमैत्री प्रहरी अनुसन्धान,प्रहरी हाम्रो टोलमा प्रहरी, मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धि,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलिफोन धम्की जस्ता घटनामा र गुण्डागर्दी तथा लागुऔषध अपराधमा कमी आएको उपरिक्षक थापाको दाबी छ ।

उहाँले प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताउनु भयो । प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ काम गरिएको उहाले जानकारी दिनु भयो । विभिन्न तहका निर्वाचन सम्पन्न गर्न प्रहरी संगठनले महत्वपूर्ण भूमिका खेलेको थापाको भनाई छ ।

उनले प्रहरी संगठनलाई मजबुत बनाउन विभिन्न क्षेत्रमा प्रहरी कार्यालयको भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइएको बताउनु भयो । आर्थिक बर्ष २०७४÷७५ को हालसम्म उत्कृष्ट काम गर्ने १ सय ११ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र ११ जनालाई कारवाही गरिएको थापाले जानकारी दिनु भयो ।

LIVE TV