३० बैशाख २०७५, आईतवार
  • रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगाको एक गाउँपालिकाले आफ्नै शिक्षा ऐन जारी गरेको छ । जिल्लाको चिसंखुगढी गाउँपालिकाले शिक्षा ऐन २०७५ जारी गरेको हो ।

गाँउपालीकाले जारी गरेको शिक्षा ऐन संविनाको मर्म प्रतिकुल नहुने गरी जारी गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्ने ओखलढुंगामा चिसंखुगढी गाउपालिका पहिलो स्थानिय तह बनेको छ । एक नगरपालिका सहित सात गाउँपालिका रहेको ओखलढुंगामा अन्य स्थानिय तहले भने ऐन जारी गरेको छैन । जारी गरेको शिक्षा ऐनले आधारभूत तहसम्म अंग्रेजी माध्यम अनिवार्य गरेको छ ।

ऐनमा शिक्षकहरुको आन्तरिक पदस्थापन, दरबन्दी मिलान लगायतका विषयलाई प्रथामिकतामा राखेको गाउँपालिकाका कार्यकारी अधिकृत सुवास पौडेलले बताए ।चालु शैक्षिक सत्रमा कक्षा १ सम्म अंग्रेजी माध्यममा संचालन गर्ने विषयमा समिति बनाएर अध्ययन भइरहेको गाउँपालिकाले जनाएको छ ।

यस गाउँपालिकामा हाल कक्षा ३ सम्म संचालन भएका सहित ४६ वटा सामुदायिक विद्यालय छन् । केही विद्यालय बिद्यार्थी अभावका कारण मर्ज हुने चरणमा छन् । तर शिक्षा शाखामा कर्मचारी अभावमा ऐन कार्यन्वयन गराउन कठिन भएको गाउँपालिकाका अध्यक्ष शर्माले बताए ।

LIVE TV